ओलीले गरेको आग्रहललाई कमजोरी नठान्न नेपाल समूहलाई महेश बस्नेतको चेतावनी

Mahesh basnet  78 98 89

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रहललाई कमजोरी नठान्न चेतावनी दिएका छन्।

उनले एमाले बलियो भए मात्रै नेताहरु पनि बलिया हुने आशय व्यक्त गर्दै पार्टीमा फर्केर जिम्मेबारी निर्वाह गर्न माधव समूहमा रहेका नेताहरुलाई आग्रह गरे।

मुखमा रहेसम्म दाँतको महत्व हुने भन्दै उनले मुखबाट झरेपछि दाँत मात्र एक हाडका रुपमा रहने बताए।

साउन २५ गतेको बैठकअघि एमालेमा नफर्कनेहरुको हालत झरिसकेको दाँत जस्तै हुने उनले बताए।

बस्नेतले मन्त्री तथा विभिन्न ठेक्कापट्टाको प्रलोभनमा परी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गएका २२ सांसदहरु एमालेमा फर्कने आशा व्यक्त गरे।

उनीहरु एमालेमा नफर्के ‘धोबीका कुत्ता घरका न घाटका’ जस्तै हुने पनि बस्नेतले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...