सुकुम्बासी भूमिहिनहरूका समस्या माओवादीको नेतृत्वमा समाधान हुन्छ : नेता पुन

Basman pun

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सुकुम्बासी भूमिहिनहरुको समस्या माओवादीको नेतृत्वमा समाधान हुने बताएका छन् ।

माओवादीले सामन्तका जग्गा सुकुम्बासीलाई उपलव्ध गराउने, जस्को जोत उस्को पोतको नारा दिएर भूमि समस्या समाधान गर्ने जस्ता काम गरेको स्मरण गर्दै नेता पुनले अहिले पनि यी समस्या समाधान गर्न माओवादी उत्तिकै जिम्मेवार रहेको पुनले बताए ।

उनले भने, ‘समाजका हरेक उत्पिडित बर्ग, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्या दिर्घकालिन रुपमा समाधान गर्नकै लागि माओवादीले जनयुद्ध गरेको हो । त्यस क्रममा समस्याहरुको उजागर भए, कतिपय समाधान पनि भए । हाम्रो त्यो अभियान रोकिएको छैन ।’

‘अहिलेको सरकारले ओली पक्षले एकलौटी रुपमा नियुक्त गरेको राजनीतिक भर्ति हटाउन सरकारले यो कदम लिएको हो । सुकुम्बासीका समस्या यो सरकारले, माओवादीले समाधान गर्छ ।’ पुनल भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...