पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल

37809907 2634292773263635 1078464973765607424 n

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ । भारतस्थित अपोलो हस्पिटलमा खनालको सफल मृगौला प्रत्यारोपण गरिएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक प्रेस नोट जारी गर्दै यसको जानकारी दिएका छन् ।

उक्त नोटमा भनिएको छ,‘आज सर्जन डा.सन्दीप गुलेरिया नेतृत्वको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ। अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भए पश्चात नेपाल फर्किनुहुनेछ । यसैबीच उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो सूचना सम्प्रेषण गर्दछु।’

केहि समययता भारतको Apollo Hospital Delhi मा Nephrologist Dr.Akhil Mishraको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता तथा पुर्बप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो। आज Surgeon Dr.Sandeep Guleria को नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरेको छ। अब वहाँ केहि समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भए पश्चात नेपाल फर्किनु हुनेछ । यसै बिच वहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो सूचना सम्प्रेषण गर्दछु। धन्यवाद।।

कृष्ण भट्टराई

स्वकीय सचिव

२०,साउन २०७८

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...