ओली र नेपाल बसेर वार्ता नगरेसम्म एमाले एकता सम्भव छैन : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमाले एकता प्रयासमा चौबिसै घण्टा जुटेको दाबी गर्ने अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र उनका प्रतिद्वन्द्वी माधवकुमार नेपाल बसेर वार्ता नगरेसम्म एमाले एकता सम्भव नभएको बताएका छन्।
बुधबार बिहान मात्रै आफ्नो खेमाका नेता विष्णु पौडेललाई लिएर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेम्वाङले दुई नेता (ओली र नेपाल) बीच वार्ता नभएसम्म एकता सम्भव नभएको र वार्ताको आधार तयार नभएको बताएका हुन्।
‘आज मात्रै पनि हामीले नेता नेपाललाई भेट्यौँ। हाम्रो लामो कुरा भयो। तर छोटोमा भन्नु पर्दा निष्कर्ष केही निस्केन। दुई नेता बसेर टुंग्याउनु पर्छ। उहाँहरुको वार्ताको आधार तयार भएको छैन’ नेम्वाङले भने ।
छलफलमा नेपालतर्फबाट एमाले एकता कार्यदलका पूर्वसदस्यहरु भीम रावल र सुरेन्द्र पाण्डे पनि सामेल थिए।
प्रतिकृया दिनुहोस