आफ्नै पक्षका नेताहरुले नटेरेपछि माधव समूहको केन्द्रीय समिति बैठक स्थगित

Khnal  nepl

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

आफ्नै पक्षका नेताहरुले व्यस्त रहेको खबर पठाएपछि बैठक स्थगित भएको बताइएको छ । स्रोतका अनुसार नेताहरुले आफूहरु व्यस्त रहेको भन्दै बैठकमा आउन मानेका थिएनन् ।

बैठक बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बैठक बोलाइएको थियो। आजको बैठकमा पार्टी एकता र सरकारलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

विपक्षी दललाई सरकार बनाउन निर्णायक भूमिका खेलेको माधव पक्षले सरकारमा सम्मानजनक उपस्थिति खोजेको छ । माधव पक्षले आफू सरकारमा जान तीव्र इच्छा देखाएको छ तर नेकपा एमालेको विवादका कारण सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा अन्यौल रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...