लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

Shankar pokharel

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

विपक्षी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा ३४ सांसदको हस्ताक्षर रहेको छ ।

संसद् अधिवेशन चालु नभएकाले समावेदन पनि पनि दिएको माओवादीका सचेतक तुलाराम घर्तीले बताए । उनीविरुद्ध गएको बैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

विपक्षी दलले सोमबार (हिजो) मात्र संविधानको धारा १६८ (२) को सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखलाई निवेदन दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...