सभासम्मेलन, जुलुस, धर्ना लगायतका कार्यक्रम नगर्न काठमाडौँ प्रशासनको चेतावनी (आदेशसहित)
उपत्यकामा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।
प्रशासनले हाल निषेधाज्ञा जारी रहेको अवस्थामा पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने, भीडभाड गर्ने, मास्क प्रयोग नगर्ने, भौतिक दूरी पालना नगर्ने लगायतका गतिविधि देखिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।
कोरोनाको तेस्रो लहरको आउनसक्ने भन्दै जिप्रका काठमाडौँले त्यसप्रति सचेत हुन सूचित गरेको छ ।
‘कोभिड १९ को संक्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्नरनगराउन सबै पक्षलाई सूचित गरिन्छ ।
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरेरगराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ जिप्रका काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ।
प्रतिकृया दिनुहोस