हाँसको विषयमा छिमेकीसँग विवाद हुँदा जानकीको हत्या, खेतमा भेटियो शव

Janaki sab

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको हाँस हराएको निहुँमा हत्या भएको खुलेको छ ।

उनले पालेको हाँस घरबाटै हराएपछि खोजी गर्न थालिन् । त्यस क्रममा छिमेकीसँग उनको विवाद भयो । हराएको हाँस भेटिसकेकी जानकीदेवी भने त्यसको तीन दिनपछि घर नजिकको खेतमा मृत फेला परेकी छन् ।

धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।

जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरु ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

घरबाट लगभग ५० मिटर दूरीको धान रोपाइँ भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घरमा निस्किएको केही बेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ । प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याएर राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...