साउन २३ देखि २९ सम्म ‘नेपाल मास्क सप्ताह’  

1584754849mask

काठमाडौँ । सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ मनाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिएको जानकारी दिए। 
 

सो अवसरमा उनले आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने बताए। राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन आगामी श्रावण २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिनेछ।’

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निकट भविष्यमा आउन सक्ने कोभिड १९ को तेस्रो लहर सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ। कोभिड १९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरुलाई हार्दिक अपिल गर्दछु।’

उनले कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरुको समूह गठन गर्ने योजना पनि अघि सारेका छन्। राज्यमन्त्री श्रेष्ठले अघि सारेको २३ बुँदे कार्य योजनामा कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरुको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ। 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...