धनकुटामामा राजनीतिक दलहरुबीच बढ्यो दुरी, दैनिक प्रदर्शन हुँदा पनि जिम्मेवारी निकाय मौन

Dkt tarun force pradarsan

धनकुटा । असार १० गते पख्रिवास नगरपालिकामा नगरसभा भइरहेका बेला भएको तोडफोडको विषयलाई लिएर धनकुटामा राजनीतिक दलहरुबीच बढेको दुरी दुई साता बित्दा पनि समाधान भएको छैन ।

नगरपालिका प्रमुख वृषबहादुर राईले आफुखुसी वडाहरुलाई दिँदै आएको बजेट कटौती गरेको विषयमा वडा नं. ४ का स्थानीयबासी आन्दोलनमा उत्रिएका थिए ।

सोही क्रममा नगरपालिकामा सामान्य तोडफोड भएको थियो । तर सोही विषयलाई लिएर नगरपालिकाले वडा नं. ४ का वडाध्यक्ष सोवित निरौलासहित १५ जनालाई मुद्धा दर्ता गरेपछि धनकुटाका राजनीतिक दलहरुबीच द्धन्द्ध बढेको थियो । नगरपालिकाको उजुरीपछि वडा अध्यक्ष निरौलालाई पक्राउ गरिसकेको छ ।

वडाध्यक्षलाई पक्राउ गरेपछि उनको रिहाईको माग गर्दै विपक्षी गठबन्धनले दिनहुँ प्रदर्शन गर्दै आएको छ भने सत्तारुढ दल नेकपा एमालेले पनि बाँकी रहेका १४ जनालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शन गर्दै आएको छ ।

धनकुटामा राजनीतिक दलहरुबीच राजनीतिक द्धन्द्ध चर्किँदै गए पनि समस्या समाधानका लागि सत्ता पक्ष र प्रतिपक्षले वार्ता र संवादको कुनै पहल भएको छैन । जसका कारण पनि धनकुटाका राजनीति दलहरुबीचको समस्या झन चर्किदै गएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापन
नेपाल तरुण दल धनकुटाले बनाएको तरुण डिफेन्स फोर्सले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समक्ष ज्ञापन पत्र बुझाएको छ ।

तरुण डिफेन्स फोर्स धनकुटा नगरले धनकुटा बजारमा तरुण मार्च पास गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । सो टोलीले धनकुटामा ओली पक्षिय जनप्रतिनिधिहरुबाट भइरहेको ज्यादती र संघीयता विपरित कार्य गरिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तमार्फत प्रधानमन्त्री ओलीसमक्ष ज्ञापन पत्र बुझाएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पन्तलाई नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई, तरुण दलका पूर्व सचिव तथा पूर्व नगर अध्यक्ष विजय सन्तोषी राई, क्षेत्रीय अध्यक्ष तिलक महत, नगर अध्यक्ष नरेश श्रेष्ठ, तरुण डिफेन्स फोर्स धनकुटा नगरका अध्यक्ष रत्नेश राईले ज्ञापन पत्र बुझाउँदै विना आधार पक्राउ गरिएका वडाध्यक्ष निरौलाईलाई बिना शर्त रिहा गर्न, अन्य १४ जनालाई लगाइएको झुठा मुद्धा फिर्ता लिन माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...