कृष्णहरी पुष्करलाई सचिवमा बढुवा, सहकुल थापालाई बनाइयो एआईजी
काठमाडौं । सरकारले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो । लोकसेवा आयोगको पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो ।
त्यसैगरी प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।
नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा। आशा सिंह छन् ।
प्रतिकृया दिनुहोस