बिहीबार काठमाडौँ उपत्यकामा थप ४२७ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाले ज्यान गुमाएका छन्।
यसैगरी गत २४ घण्टामा १ हजार २ सय ८६ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २६ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेका छन्।
प्रतिकृया दिनुहोस