आज यी प्रदेशहरुमा भारी वर्षा हुने, बुधबारदेखि मनसुन फेरि थप सक्रिय बन्ने

Waither 12

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । आज र भोली आइतबारसम्मको तुलनामा कम वर्षा हुनेछ ।

तर बुधबारदेखि मनसुन फेरि सक्रिय हुने अनुमान छ । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ ।

देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस