हराएको ९ दिनमा सामुदायीक बनमा भेटियो सुजता भण्डारीको शव
चितवन । चितवनबाट ९ दिनदेखि हराइरहेकी एक युवतीको शव चितवनको राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । चितवनकी सुजता भण्डारी अपहरणमा परेको भन्दै ९ दिनअघि उनको परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए ।
भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका थिए ।
भण्डारीले अन्तिमपटक दिदीलाई फोन गरेर आफूलाई तीन जनाले अपहरण गरेको बताएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो । तर, उनले भनेको ठाउँभन्दा अन्यत्र नै उनको मोबाइलको लोकेसन देखिएपछि उनी अपहरणमा नपरेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो ।
तर, प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।
प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जर लगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।
तर, आइतबार साँझ प्रहरीको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीले फेरि यो घटनाको अनुसन्धान गर्ने जनाएको छ । चितवनका एसपी ओमप्रसाद अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने ।
जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।
प्रतिकृया दिनुहोस