आठपहरिया जातिको संस्कृति संग्रहालय भवन निर्माण हुने
धनकुटा । धनकुटामा आठपहरिया जातिको संस्कृति पर्यटन प्रवर्द्धन संग्रहालय भवन निर्माण हुने भएको छ ।
धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरुको संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विहिवारे हटिया क्षेत्रमा संग्रहालय भवन निर्माणका लागि धनकुटा नगर विकास समितिले तीन रोपनी जग्गा उपलब्ध गराएको थियो ।
सोही जग्गामा ५० लाख रुपैयाँको लागतमा बन्न लागेको संग्रहालय निर्माण स्थलको प्रतिनिधि सभाका निवर्तमान सदस्य राजेन्द्र राईले शिलान्यास गरे । संग्रहालय भवनको शिलान्यास गर्दै राईले आठपहरिया समुदायको संस्कार, संस्कृतिलाई पर्यटकिय रुपमा विकास तथा प्रवर्द्धन गर्न आवश्यक रहेकोले संग्रहालय निमार्ण थालिएको बताए ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा–४ का वडाध्यक्ष जम्शेर राई, आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टबहादुर आठपहरिया, नेकपा एमालेका धनकुटा नगर इन्चार्ज नरेन्द्र पोखरेल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले धनकुटामा उद्गम स्थल रहेका आठपहरिया समुदायको उत्थान, विकास र समृद्धिका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
आठपहरिया संग्राहालय निर्माण उपभोक्ता समिति धन्कुटाका अध्यक्ष कोमल किन्दङ आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको शिलन्यास कार्यक्रममा नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ, वडा सदस्य रामकुमारी राई, नेपाल खेलकुद महासंघका उपाध्यक्ष दालामु शेर्पा, एमालेका नगर सह ईन्चार्ज रामकुमारी राई, आठपहरिया समाज उत्थानका सदस्य तथा पदाधिकारीहरु, आठपहरिया समाजका जिल्लाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस