जिल्ला प्रशासन कार्यालय धनकुटामा गठबन्धनको धर्ना
धनकुटा । पाख्रिबास नगर सभा चलिरहँदा भएको घटनामा संलग्न भएको आरोपमा झुठो मुद्दा लगाइएका १५ जनाको समर्थनमा विपक्षी गठबन्धनले जिल्ला प्रशासन कार्यालयमा नारा जुलुससहित घेराउ गरेको छ ।
नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरुले झुठो आरोप फिर्ता लिन माग गरेका छन् । साथै उनीहरुले पाख्रिबासका १५ जना नागरिकलाई लगाइएको झुठो मुद्दा फिर्ता नदिए गठबन्धनका नेताहरुले सामुहिक गिरफ्तारी दिन तयार रहेको चेतावनी दिए ।
पाख्रिवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा १५ जनालाई झुठा मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरेकाले उनीहरुको सट्टा आफुहरुलाई पक्राउ गर्न विपक्षी गठनवन्धनका नेताहरुले चुनौती दिएका छन् ।
सो धर्नामा सहभागी जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राई, नेपाली कांग्रेस धनकुटाका सभापती अग्नीप्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानवहादुर गुरुङ, क्षेत्रीय सभापति ईन्दिरा थापा, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती, शर्मिला राई, जसपा धनकुटाका अध्यक्ष बलबहादुर राई, उपाध्यक्ष पार्वती राई, नारायण जुन राई, नेकपा एमाले माधव समुहका अध्यक्ष अर्जुन राई, डिप्पल राई लगायतका नेताहरुले प्रमुख जिल्ला अधिकारीलाई झुठा मुद्धा खारेज नगरे आफुहरुलाई गिराफ्त्तार गर्न चुनौती दिए ।
प्रतिकृया दिनुहोस