लामाटार र छोटीडाँडाका विपन्न नागरिकलाई खाद्यान्न सहयोग

Rahat 20

काठमाडौं । शिवशक्ति ग्रुपले कोरोना कहरले मुलुक आक्रान्त बनेका ललितपुरको गोदाबरीको देवीचौर छोटीडाँडा र महालक्ष्मी नगरपालिकाको लामाटारका २५० विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको छ ।

नेपाल अर्वुद रोग निवारण संस्था निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा ललितपुरको गोदाबरीको देवीचौर छोटीडाँडा भएको खाद्यान्न वितरण कार्यक्रमको वडा नं. ७ का वडाध्यक्ष गिरीप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

कोरोना कहरले आक्रान्त बनेका विपन्न समुदायलाई शिवशक्ति ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै गोदावरीको देवीचौर छोटीडाँडा र महालक्ष्मी नगरपालिकाको लामाटारमा खाद्यान्न वितरण गरिएको ग्रुपमा प्रवन्ध निर्देशक रोशन श्रेष्ठले बताए । 

त्यसैगरी सो समुहले महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि विपन्न दलित समुदायलाई खाद्यान्न लगायत नगदे बाली र तरकारीका बिउ वितरण गरेको प्रवन्ध निर्देशक रोशन श्रेष्ठले बताए ।

राहत वितरण कार्यक्रममा ईश्वर श्रेष्ठले राहत भन्दा पनि सीपमुलक तालिमको व्यवस्था गर्न सके र नगदे बालितर्फ प्रेरित गरी आयआर्जनतर्फ अग्रसर गराउन सके आम नागरिकको जीवनस्तर उकासिने कुरामा जोड दिए ।

राहत वितरण कार्यक्रममा राष्ट्रिय उभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, समाजसेवी तथा पूर्व प्राध्यापक पुरुषोत्तम नेपाल, युवा समाजसेवी अजय तामाङ लगायतको सहभागीता रहेको थियो ।

समुहद्धारा हाइकिङ
राहत वितरण गएको शिवशक्ति समूहको टोलीले ‘एक काम, दुई पन्थ’ भनेझै ललितपुरको गोदाबरीको देवीचौर छोटीडाँडा आसपासमा हाइकिङ गरेर पर्यटन विकासका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ललितपुरको मंगलबजारबाट २५ किलोमिटरको दुरीमा रहेको सो स्थान आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्य मानिएको छ । तर, प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

गोदावरी नगरपालिका वडा नं. ७ स्थित ब्रुगं चुली, देवीचौर र छोटीडाँडाँबाट जंगल तथा काठमाडौं उपत्यकाका साथै मनोरम हिम श्र्रखलाहरुको पनि दृष्यवलोकन गर्न सकिन्छ । 

पर्यटनको विकासका लागि राम्रो सम्भावना रहेको गोदाबरीको देवीचौर छोटीडाँडा आसपासका क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कार्ययोजना बनाए हाइकिङ, ट्रेकिङको प्रचार गराउन सक्यो भने शहरमा गुम्सिएका शहरवासीलाई केही बेर भए पनि शान्तिको सास फेर्न सजिलो बनाउने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस