थप खुकुलो पार्दै उपत्यकामा असार ३१ सम्म थपियो निषेधाज्ञा,  सवारीसाधनमा जोर–बिजोर प्रणाली हट्यो 

होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला

100931738 2852665884782549 4298457558223421440 n

काठमाडौं ।  काठमाडौं  उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

मंगलबारदेखि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । साथै, सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात खुलाइएको हो । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो । 

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबार लगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् ।

 

प्रतिकृया दिनुहोस