मंगलबारदेखि सबै सवारी साधन चल्ने (आदेशसहित)

3 9f7vtacspv

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएको छ । आज उपत्यकाभित्रका तीन जना प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै आगामी असार ३१ गतेसम्म थप गरेको छ ।

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ । जोर विजोर प्रणाली अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस