काठमाडौँ उपत्यकामा क्रमश घट्दै संक्रमित, ४६१ जना थपिए

100931738 2852665884782549 4298457558223421440 n

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप  ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३४२, ललितपुरका ८८ तथा भक्तपुरका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा  देशभर थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै २ हजार ५ सय ५२ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २६ हजार १ सय ७९ सक्रिय संक्रमित रहेका छन् । साथै यस अवधिमा ४ हजार ८ सय ८६ पीसीआर तथा ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस