बाढी पहिरोको कारण घरबास गुमाएका परिवारलाई सरकारले प्रति परिवार ५० हजार दिने

Bipd

काठमाडौं । सरकारले मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

यस वर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि सरोकारवालाहरुसँग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि मन्त्री पौडेलले बताए।

प्रतिकृया दिनुहोस