शर्माको ओलीलाई सुझाव, तेस्रो पटक विघटन गरे गिनिज बुकमा नाम नलेखाउनुस्

Dinanath sharma

काठमाडौं । नेकपा एमाले बिभाजनको मुखैमा पुगेको बेला नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेको एकता जोगाउन आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बिहीबार सम्बोधन गर्दै शर्माले एमालेको एकता जोगिएन भने नेपालको वामपन्थी आन्दोलन समाप्त हुने भन्दै प्रधानमन्त्रीलाई घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गरे ।

प्रधानमन्त्रीले तीन वर्षमा धेरै गल्ती गरेको भन्दै अब आत्मसमीक्षा गर्न आग्रह गर्दै पार्टीको विवाद छलफलबाट टुंग्याउन सुझाव दिए ।

‘प्रधानमन्त्रीले पार्टीलाई समाप्त गर्नुभयो । नेपालको वामपन्थी आन्दोलनलाई नै समाप्त पार्नुभयो । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र अलग भयो, एमाले पनि स्वयं विभाजनको स्थितिमा पुगेको छ’ उनले भने, ‘उहाँले कन्ट्रिब्युसन नगरेसम्म एमाले एक ठाउँमा हुँदैन ।’

प्रधानमन्त्रीले दुई पटक संसद विघटन गरेको भन्दै उनले तेस्रो पटक पनि विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेको टिप्पणी गरे । ‘तेस्रो पटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ’ उनले भने, ‘संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाएर गौरव गर्नुपर्ने अवस्था छैन ।’

आफूले प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै आएको भन्दै उनले संसद विघटन र पार्टी फुटाउने काम गरेपछि मन नपरेको बताए । लोकतन्त्रका लागि नेपालमा धेरै आन्दोलन भए पनि दलहरुमा लोकतान्त्रिक चरित्र नदेखिएको बताउँदै शर्माले लोकतन्त्रमा पार्टीभित्रको भिन्न मतलाई पनि सम्मान गर्न सिक्न पनि आग्रह गरे ।

प्रधानमन्त्रीले दुई पटक संसद विघटन गरेको भन्दै उनले तेस्रो पटक पनि विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस