प्रदेश १ मा १५ प्रतिशत मात्रै रोपाई
धनकुटा । असार दोस्रो सातासम्म प्रदेश १ मा समग्रमा १८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा यसपालि बर्खे धान रोपाइँ हुने अनुमान प्रदेश कृषि निर्देशनालयको छ ।
निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्रमा १७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । ताप्लेजुङमा २२, संखुवासभामा १० र सोलुखुम्बुमा ४६ प्रतिशत रोपाइँ भएको छ ।
मध्य पहाडी क्षेत्रमा समग्रमा २८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । निर्देशनालयका अनुसार पाँचथरमा २७, इलाममा २२, भोजपुरमा ५०, तेह्रथुममा ३५, धनकुटामा १५, उदयपुरमा १२, ओखलढुंगामा ११ र खोटाङमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
अन्न भण्डार मानिने तराईका मोरङ, सुनसरी र झापामा सोमबारसम्म समग्रमा १४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
प्रतिकृया दिनुहोस