कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

Mohan malla

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपकारका क्रममा काठमाडौस्थित निदान अस्पतालमा बुधबार राति ११ बजे निधन भएको हो ।

मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए । उनी २०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

मल्ल २०२८ सालमा डोटी बोगटान अन्तर्गत पन्डौंन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।

२०७० सालको दोस्रो संविधानसभा अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । भजनी नगरपालिका निवासी मल्लका १ छोरा र १ छोरी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...