पुरुष किन चाँडो स्खलित हुन्छन् ? यी हुन् कारण

Sexuales p

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ? शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् ।

शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । चाँडो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । यसलाई परिभाषित गर्न गाह्रो छ । स्वस्थ व्यक्तिको तीन मिनेटमै वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले २।३२ सेकेन्डमा वीर्य स्खलन हुँदा पनि शिकायत गर्न थाल्छन् । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौनकार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्छन् ।

तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग ‘फोरप्ले’ गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म यौन सम्पर्क गर्दा पर्याप्त हुन्छ । तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको यौन जीवन बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थिर रहन्छ । त्यसैले फोरप्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिन्छ ।

शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौनसम्पर्कको क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि फेरि चालु गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, यौन क्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिलामाथि बसेर यौन क्रिडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति कम गर्न संकेत गर्ने, स्खलन होलाजस्तो भयो भने लिंगको फेदमा अठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्यनली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ । यसका साथै लिंगवरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी पनि आवश्यक हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...