सगरमाथाको शिखर टेक्ने तयारीमा त्रिविका विद्यार्थी

Ru studenta sagarmatha

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् ।

मानवशास्त्र केन्द्रीय विभागका थेसिस गर्दै गरिरहेका शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य बनाएका छन् ।

त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गरे । विश्व विद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व किर्तिमान राख्न लागेका शेर्पाले विश्व विद्यालयको झण्डा सगरमाथामा फर्फराउने भएका छन् ।

२०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मिएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न छन् । पर्वतारोहणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमसमेत प्राप्त गरिसकेका शेर्पाको आरोहण मे ५ वाट विधिवत रुपमा शुरु हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...