के तपाई आफ्नो तौल नबढेर चिन्तित हुनुहुन्छ? त्यसोभए यी खानेकुरा खानुस

Weight loss 6jfrup1iy4tsejcmn8xtig1sx7q4b9qgx2s5mwip7w0

काठमाडौं, फागुन  । मोटोपन अधिकांशका लागि समस्या होला ! तर, कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन्। तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खानेकुराको सेवन गर्न आवश्यक छ।

काजु/बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । साथै, काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्टसमेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोग लाग्नबाट बचाउँछ । त्यस्तै, नियमित बदाम खाएमा पाचन शक्ति बढ्ने भएकाले अन्य खानेकुरा सजिलै पच्न मद्दत पुग्छ ।  
 

गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी हुन्छ ।
 

मौसमी फलफूल

मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ । अझ त्यस्ता फलफूलको रस पिउनु झन् उपयोगी हुन्छ ।
 

प्रोटिनयुक्त पदार्थ
माछा, मासु, अन्डा, दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।  
 

क्यालोरीयुक्त खाना
बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्न मद्दत पुग्छ । साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ । अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । 
 

अन्डा
यदि, तपाईंको दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाएर तौल बढाउन सक्नुहुन्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्नसमेत सहयोग गर्छ ।  
 

केरा
डिप्रेसनलगायत मानसिक समसया र मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाएमा यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पाइने पौष्टिक ततवले समस्याबाट बचाउन मद्दत गर्छ । साथै, केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...