मन्त्री मगरले गरिन् भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य परिक्षण
भक्तपुर । खानेपानीमन्त्री वीना मगरले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परिक्षण गराएकी छन् ।
सोमबार आफ्नो निजी सवारीसाधनमा अस्पताल पुगेकी मगरको स्वास्थ्य जाँच गाईनो अकोंलोजीष्ट बिभागका डा. सृष्टि श्रेष्ठ र डा.उषा बादे श्रेष्ठ ढुंगेल नेतृत्वको टोलीले गरेको थियो ।
मन्त्री मगर गत पुस २९ गते अस्पताल पुगेकी थिइन् । त्यसयता सोमबार अस्पतालले मन्त्री मगरले नियमित स्वास्थ्य जाँचसँगै पाठेघर र स्तनको समेत परीक्षण गराएकी हुन् ।
मन्त्री तथा उच्चपदस्थ व्याक्तिहरु सामान्य बिरामी हुँदा पनि जचाउन विदेश जाने गरेको अवस्थामा खानेपानीमन्त्री मगरले स्वदेशमै आफ्नो नियमित स्वास्थ्य जाँच गराउने सकारात्मक भएको अस्पतालका अध्यक्ष ईश्वर श्रेष्ठ बताउँछन् ।
मन्त्री मगरले जस्तै अन्य मन्त्री तथा उच्चपदस्थ व्यक्तित्वहरुले स्वदेशमै आफ्नो स्वास्थ्य परीक्षण र उपचार गर्ने गरे नेपाली चिकित्सकहरुको आत्मविश्वास बढ्ने साथै राज्यको धेरै भन्दा धेरै रकम जोगीने स्वदेश मा नै राज्यको पैशा बस्ने उनको भनाइ छ ।
‘मन्त्री र नेताहरुले स्वदेशमै स्वास्थ्य परीक्षण र उपचार गरे नेपाली चिकित्सकहरुको आत्मविश्वास बढ्नेछ’, उनले भने, ‘यसले सर्वसाधारणलाई पनि स्वदेशमै उपचार गर्न उत्साहित र उत्प्रेरित गर्ने निश्चित छ ।’
प्रतिकृया दिनुहोस