के तपाई नियमित ओखर खानुहुन्छ ? यस्ता छन् फाईदाहरु

Okhar

काठमाडौं । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खाँदा डिप्रेसनको खतरा कम हुन जान्छ र एकाग्रताको स्तरमा बृद्धि हुन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले ओखर खाने मानिसमा डिप्रेसनको समस्या २६ प्रतिशत कम हुने तथ्य पत्ता लगाएका हुन् । जबकी यस्तै खालका अन्य चिज खाने मानिसमा डिप्रेसनको स्तर आठ प्रतिशत कम पाइएको छ ।

यो अध्ययन न्यूट्रेट जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार ओखरले शरीरमा उर्जालाई बृद्धिगर्दै एकाग्रतालाई बृद्धि गर्छ ।

विश्वविद्यालयका प्रमुख शोधार्थी लेनोर अरबले अध्ययनको नतिजाको दाबी गर्दै बताए अनुसार अध्ययनमा सहभागी भएका ६ मध्ये एक वयस्क जीवनमा एक पटक डिप्रेसनको शिकार हुन्छन् । यसबाट बच्नका लागि खान पानमा परिवर्तन गर्न जरुरी छ ।

यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी वयस्कलाई सहभागी गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...