आरक्षका जनावरबाट पीडितलाई क्षतिपूर्ति

Koshi tapu aarax

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको बताएको छ ।

जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख, घाइते १८ जनालाई १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई ३१ लाख सात हजार क्षतिपूर्ति आरक्षले उपलब्ध गराएको हो ।

प्रतिकृया दिनुहोस