आफ्नै छोरीको हत्या गर्ने आमालाई ज्यान मुद्दा दायर
काठमाडौं । आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग कर्तव्य ज्यान मुद्धा दायर गर्ने तयारी गरेको छ ।
२० वर्षिय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान मुद्धा दायर गर्ने तयारी गरेको छ ।
ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्रकृया सुरु गरिसकेको म्यादभित्रै अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ ।
अनुसन्धानबाट प्राप्त नतिजाका प्रारम्भिक संकेतले कमलामाथि कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर हुने बताइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारी भन्ने स्थानमा गत साउन ३० गते प्रयोगमा आउन छाडेको शौचालयको सेफ्टी ट्याङ्की भित्र बच्चा रहेको जानकारी स्थानीयले पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
सो भन्दा ५ दिन अघिनै बच्चालाई कुटपिटपछि सेफ्टी ट्याङ्की भित्र हालेर आमा कमला फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ५ दिनपछि भेटिएका जुम्ल्याहा बच्चामध्ये १ जना जीवित र १ जना मृत थिए । लगभग ९६ घण्टा सम्म जीवित रहेको एक बच्चालाई उपचारका लागि झापाको बिर्तामोड लगिए पनि बच्चालाई बचाउन नसकिएन प्रहरीको भनाई छ ।
जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार रहेकी आमा कमलालाई ताप्लेजुङ प्रहरीले घटना सार्वजनिक भएको २ दिनपछि नै सुनसरीको तरहराबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस