नेपामा ज्यान गुमाएका मेहताको शव भारत लगिँदै
सुर्खेत । हेलिकप्टरको पङ्खाले लागेर ज्यान गुमाएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।
मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा मनाङ एयरको हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो ।
मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताए । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौं हुँदै भारत लगिने तयारी गरिएको छ ।
मेहताको टाउको क्षतविक्षत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।
प्रतिकृया दिनुहोस