रोजगारीको प्रलोभनमा यौन शोषण गरेको आरोपमा दुई जना लाई पक्राउ
ललितपुर । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बारका सञ्चालक किशोरीलाई रोजगारीको प्रलोभन दिइ यौन शोषण गरेको आरोपमा पक्रउ परेको छ ।
बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सञ्चालकले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताए । उनले भने, ‘उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ ।
रेष्टुरेण्टबाट चार जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताए । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस