प्रहरीको सेन्ट्रि पोष्टबाटै कसरी भागे कैदी ?
काठमाडौं । झापा कारागारबाट आज एकजना कैदीबन्दी फरार भएका छन् ।
कर्तब्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका झापा गौरादहका २५ वर्षिय उमेश माझी आइतबार दिउँसो जेलबाट भागेका हुन् ।
बिजुलीको काम गर्न जान्ने माझी बिजुली मर्मतका लागि राखिएको सिंढी चढेर प्रहरीको सेन्ट्रि पोष्टबाट हाम फालेर भागेका हुन् । जेलर यज्ञराज निरौलाका अनुसार जेलको चारैतिरका सेन्ट्रिपोष्टमा प्रहरी भएपनि प्रहरी नभएको पोष्टबाट उनी भागेका थिए ।
गौरादहका १२ वर्षिय बालकको हत्यामा दोषि ठहर भएका माझीलाई २०७१ असार ५ गते अदालतले जन्मकदको सजाय सुनाएको थियो। जेलमा बिग्रिएको मोटर बनाउन माझीको खोजी भएपछि मात्रै उनी भागेको थाह भएको थियो । माझीको खोजी भइरहेको जेलर निरौलाले बताए ।
प्रतिकृया दिनुहोस