कसले गरायो महानगरमा दिउँसै बम विष्फोट ?
विराटनगर । आइतबार दिउँसो विराटनगर महानगरपालिकाको कार्यालयमा वम विस्फोट भएको छ ।
महानगरको दोस्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेको छ । बम विष्फोटबाट मेयर भीम पराजुली चढ्ने गाडी, महागनरपालिकाको भवन र फर्निचर क्षती पुगेको छ ।
महागरपालिकाको घर नक्सा कार्यालयको पहिलो तलाबाट मेयरको कार्यकक्षमा जाने प्यासेजमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि काम गरिरहेका कर्मचारी तथा सेवाग्राहीको भाग दौड मच्चिएको थियो ।
महानगरपालिकामा केही दिनअघि नेकपा माओवादी विप्लव समूहको नाममा पत्र पठाएर आर्थिक सहयोग मागेको थियो । त्यसैका आधारमा महानगरमा बम विष्फोटन पनि विप्लव माओवादीले गराएको अनुमान गरिएको छ । तर, अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।
बिस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भए । उनी मुटुका रोगी हुन् । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लगिएको छ ।
प्रतिकृया दिनुहोस