निगमको एयरबस शुक्रबारदेखि कतारमै ग्राउण्डेड
काठमाडौं। नेपाल वायु सेवा निगमको ए ३२० सिरिजको विमान शुक्रबार देखि कतारको दोहामा ग्राउन्डेट भएको छ ।
इन्जिनमा समस्या देखिएपनि न्यारोबडी एयरबस कतारको उक्त स्थानमा रोकिएकोे निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले जानकारी दिएका छन् ।
नियमित उडानका क्रममा दोहा पुगेको उक्त एयरबसको इन्धनमा समस्या देखिएकाले मर्मत गरेपछि १, २ दिनमा उडान सुरु हुने उनले बताए ।विमानको एउटा इन्जिनमा समस्या देखिए पनि ग्राउन्डेड हुन पुगेकोले अन्तरराष्ट्रिय उडान समय तालिकामा प्रत्यक्ष समस्या देखिएको कंसाकारले उल्लेख गरे ।
हाल अन्तरर्राष्ट्रिय तर्फ दुईओटा न्यारोबडी एयरबस र एउटा बोइङमार्फत उडान गर्दै आएको निगमले जनाएको छ । निगमका अनुसार गत असार १४ गते नेपाल भित्रिएको पहिलो वाईडबडी एयरबसमार्फत पनि निगमले उडान गरिरहेको छ, दोस्रो वाईडबडी जहाज पनि उडान अनुमति लिने प्रक्रियामा छ ।
प्रतिकृया दिनुहोस