जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
काठमाडौं । तानसेनको बजारमा ब्रेक फेल भएको जीपले ठक्कर दिँदा एकको ज्यानसहित चार जना घाइते भएका छन् ।
जीपको ठक्कर बाट बगनासकाली गाउँपालिका-३ नायरनमतलेसका ५ वर्षिय निसान बस्यालको मृत्यु भएको छ ।
ग१ च६७८४ नं.को जीपले हुलाक मोडबाट बसपार्क जान लाग्दा ओरालोमा ठक्कर दिएको हो । ठक्करबाट तानसेन नगरपालिका-२ बडिज्ञानटोलमा यात्रा गरेका चार पैदलयात्रुसमेत घाइते भएका छन् ।
बगनासकाली गाउँपालिका-३ नायरनम्तलेसका २६ वर्षिय लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षिय रामजी चौधरी, तानसेन-६ की ४८ वर्षिय कमला पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।
ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जीप चालक कमलबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते सबैको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपको ठक्करबाट ६ वटा मोटरसाइकल र स्कुटीमा क्षति पुगेको बताइएको छ ।
बा ८९ प ३११२, लु २० प ५७९४, बा ३२ प २०६४, लु ३८ प ९०८२, लु २८ प ३७१४, लु २३ प ७७१६ नं.का मोटरसाइकल र स्कुटीमा क्षति पुगेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस