महाकाली नदीमा बढ्यो पानीको वहाव, चार पांग्रे सवारी चलाउन रोक, टोलमा बाढीको जोखिम

Mahakali 1024x768

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा आइतबार ११ बजेदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । दुई नदीको दोभानका बस्तीमा बाढी पस्न थालेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए ।

वडा नं. १० का महाकाली र जोगबुढाको दोभान कुतियाकवर, शान्ति टोल, गुरुंग टोल र गिरी टोल बाढीको जोखिममा छन् । उनले शान्ति टोलमा एक घरभित्र पानी पसेपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक पुगेको छ ।

भारतिय पक्षले नदीमा पानीको बहाव १ लाख नाघ्ने बितिक्कै जोखिम हुन सक्ने भन्दै ठुला सवारी साधनको आवागमनमा रोक लगाउँदै आएको छ ।

महाकाली नदीमा आएको बाढीले जोगबुढा र अन्य स–साना नालाहरुको बहाव रोकिँदा नदी किनारका बस्तीहरु बाढीको जोखिममा परेका हुन् ।

प्रतिकृया दिनुहोस