अबैध सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । बाराबाट प्रहरीेले २५ ग्राम अबैध सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं.३ बस्ने जितेन्द्र साह सोनार पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नं. १ स्थित सडकमा कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको भारतीय नं. बीआर ०५ यू २९२३ नं.को मोटरसाइकल चेकजाँच गर्दा जितेन्द्रको साथबाट अवैध सुनका गरगहना फेला परेको बताइएको छ । गहनाको मुल्य १ लाख २२ हजार ६ सय ६३ रहेको प्रहरीको भनाइ छ ।
सुनका तयारी गरगहना फेला पारेको हुदाँ जितेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको छ ।
प्रतिकृया दिनुहोस