सुतिरहेको बेलामा छानो भत्किँदा एकको मृत्यु, दुई घाइते
नुवाकोट । बिहीबार राति ककनी गाउँपालिका–७ चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् ।
राति सुतिरहेको बेलामा छाना भत्किएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस