कहिले लाग्छ प्रदेश नं १ को नाम र राजधानीको टुंगो ?

P  n.1

विराटनगर । प्रदेश १ सरकारलले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा अलमल देखिएको छ ।

तत्कालिन प्रदेश ६ र ४ ले आफ्नो नाम र राजधानी तोके पनि आफूलाई नाममात्र नभई सबै हिसाबले १ नं प्रदेश दावी गर्ने यस प्रदेशले भने अहिलेसम्म नाम र राजधानी तोक्न सकेको छैन ।

सरकारले यसअघि असारभित्र राजधानी र प्रदेशको नाम टुंगो लगाउने बताउँदै आए पनि प्रदेश १ को संसदमा यी २ वटै विषयले अझै प्रवेश पाएको छैन । स्थायी राजधानी टुंगो नलाग्दा प्रदेश सरकार र संसदका लागि आवश्यक भौतिक संरचना निर्माणमा समस्या भएको छ ।

अहिले मन्त्रालय, सभामुख, उपसभामुख कार्यालय, प्रदेश सभाका लागि अस्थायी राजधानी विराटनगरका सामान्य सरकारी भवन प्रयोग भइरहेका छन् । प्रदेश प्रमुखको कार्यालय नहुँदा निवासबाटै कार्यालय चलाइरहेका छन् । प्रदेश सरकारका मन्त्रीहरुले भने साउन महिनाभित्रमा त्यो विषय टुंगो लाग्ने बताउँदै आएका छन् ।

संवैधानिक व्यवस्था अनुसार संसद गठन भएको छ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउनुपर्ने हुन्छ । त्यसैले प्रदेश १ सरकार र प्रदेशसभा छिटो नाम र राजधानी तोक्ने दबाबमा छन् ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले कामका आधारमा पनि १ नम्बर हुनुपर्ने प्रदेश आफ्नै कारण पछि पर्न नहुने बताए । प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषयमा आम सर्वसाधारणले चासोको साथ हेरेका छन् ।

यस प्रदेशमा भूगोलका आधारमा कोशी र सगरमाथा नाम राख्नुपर्ने कुरा चर्चामा छ । त्यस्तै साँस्कृतिक पहिचानका हिसाबले किराँत नाम राख्नुपर्ने माग पनि छ ।

राजधानीका लागि इटहरी, विराटनगर, धनकुटा, धरानलगायत ठाउँले अनौपचारिक छलफलमा प्रवेश भएको छ । प्रदेशसभामा नेकपाको दुईतिहाइ बहुमत रहेको छ । त्यसैले प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषयमा उसको निर्णय नै निर्णायक हुन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...