जनकपुर-जयनगर रेल कात्तिकदेखि सञ्चालन हुने
जनकपुर । भारत सरकारको सहयोगमा निर्माण थालिएको जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अक्टुवर (कात्तिक) सम्म पूरा हुने दुवै देशका प्राविधिकले जनाएका छन्
२ वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरमा ब्रोडगेज रेल सञ्चालनमा आउने उनीहरूको दाबी छ ।
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलका सिभिल अतिरिक्त मैनेजर दीपक कुमारले रेल्वे परियोजनाअन्तर्गत निर्माण हुने ब्रोडगेजमाथि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारले रेल कुदाउने तयारी भइरहेको जानकारी दिए । रेलको गति तीव्र हुने भएकाले यात्रुको सुरक्षामा विशेष ध्यान दिइएको उनले बताए ।
यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ । बर्दिवाससम्मको ६९ किलोमिटरको दूरी करिब १ घण्टामा पूरा हुने उनको दाबी छ ।
–कुर्थासम्मको ३५ किलोमिटरको निर्माण ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको दुवै देशका प्राविधिकले जनाएका छन् । नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार ३५ किलोमिटरमध्ये ३२ किलोमिटरमा रेल ट्रयाक ओछ्याउने काम पूरा भइसकेको छ । स्टेशन भवन, आवास, पुलको निर्माण पनि अन्तिम चरणमा छ । भारतबाट ल्याइएको विशेष मेसिनबाट रेल्वे ट्रयाकलाई स्लिपरसँग जोड्ने, बोल्डर सम्याउने लगायतका काम भइरहेको भारतीय इञ्जिनियर दीपक कुमारले जानकारी दिए ।
इन्जन र बोगी प्रमुख समस्या
जयनगर–कुर्था बीचको रेल ट्रेक, स्टेसन भवन, पुल पुलेसालगायका भौतिक संरचना लगभग पूरा भए पनि रेल सञ्चालका लागि अतिआवश्यक रेल इञ्जिन र बोगीको बन्दोबस्त हुन सकेको छैन । नेपाल–भारतबीच सम्पन्न सम्झौतामा रेल इञ्जिन, बोगी तथा सञ्चालन व्यवस्थापनबारे भने केही उल्लेख छैन ।
प्रतिकृया दिनुहोस