आउने भयो उड्ने कार
काठमाडौं । रोडमा गुड्ने र आकाशमा उड्ने खालको कारको सपना मानिसहरुले धेरैअघिदेखि देखेका हुन् । अब चाहिं कार निर्माण कम्पनीले मानिसको यो सपनालाई पनि पुरा गरिदिने भएका छन् ।
धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन्। अमेरिकाको एक कम्पनीले उड्ने कारको सफल परीक्षण गरी मानिसको उड्ने सपना पुरा गर्न लागेको छ ।
केही कम्पनी परीक्षणको चरणमा छन्। अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाइसेन्स आवश्यक पर्दैन।
ब्ल्याकफ्लाई नाम दिइएको यो कार १० किलोमिटरसम्म उड्न सक्छ। यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोस्र्टस् कारकै मूल्यमा उपलब्ध हुनेछ तर, सुरुवाती अवस्थामा भने केही महँगो पर्नेछ।
प्रतिकृया दिनुहोस