यस्तो छ लिखु खोलाको झोलुंगे पुलको अवस्था, स्थानीयलाई सास्ती

Liku 1

रामेछाप । दुई वटा जिल्लाका दुई वटा गाउँपालिका जोड्ने पुल बाढीले भत्काउँदा जोखिम बढेको छ ।

ओखलढुंगा खिजी देम्बा गाउँपालिका र रामेछाप उमाकुण्ड गाउँपालिकालाई जोड्ने लिखु खोलाको पुल दुई दिनदेखि परेको अविरत वर्षाले भत्किदाँ स्थानीयले सास्ती भोग्न थालेका छन् ।

बुधबारदेखि परेको अविरत वर्षाले सो झोलुंगे पुलमा क्षति पुर्याएको छ । लिखु खोलामा आएको बाढीले पुल आसपासका भुभाग बगाउन थालेको छ । बाढीले निरन्तर रुपमा पुलमा लगाइएको वाल भत्काउन थालेको छ । गाइघाट पुल भनेर चिनिएको सो पुल अहिले लठ्ठाको भरमा मात्रै अडिएको छ ।

स्थानीयले ओखलढुंगा खिजी देम्बा गाउँपालिका –१ र रामेछाप उमाकुण्ड गाउँपालिका ७ को गाइघाटमा ३ वर्षअघि मात्रै झोलुंगे पुल बनाएका थिए । यो स्थानमा पहिले स्थानीयले काठको पुल बनाएर खोला तर्ने गरेका थिए ।

अघिल्लो वर्ष राम्जीको भीरमा पहिरो जाँदा सो पुललाई पनि क्षति पुर्याएको थियो । त्यसपछि स्थानीयले यसै वर्ष पनि खोला कटान रोक्न ९ वटा ग्याभिन लगाएका थिए । तर, बुधबार रातीदेखि परेको अविरत वषाले त्यो ग्याभिन पनि भत्काइदिएको छ ।

बाढीले सो पुलमा क्षति पुर्याएपछि स्थानीयहरु गाढी चढ्न ६ घण्टाको बाटो हिड्न बाध्य भएका छन् । यसअघि उनीहरु डेढ घण्टाको पैदल यात्रापछि ढाँडे बजार पुग्ने गर्थे । यही बजारबाटै सो क्षेत्रका बासिन्दाले खाद्यन्न, लत्ता कपडा लगायतका दैनिक उपभोग्य बस्तु खरिद गर्ने गरेका थिए ।

रामेछाप उमाकुण्ड गाउँपालिका ७ भुजीका स्थानीय जीवन सुनुवारका अनुसार बाढीले पुलमा क्षति पुर्याएपछि स्थानीय जनता समस्यामा परेका छन् । लिखु खोला आसपासका स्थानमा पहिरोको जोखिम भएकाले स्थानीय त्रसित बनेका छन् ।

‘बिरामी पर्दा तत्काल गाडी चढ्ने ठाउँसम्म पुग्ने स्थिति छैन’ उनले भने, ‘पानीले निरन्तर कटान गर्दै लगेपछि त्रास फैलिएको छ । भीरबाट माटो खसिरहेकाले यो क्षेत्रमा जति बेला पनि पहिरो जान सक्छ ।’

गाईघाट झोलुंगे क्षतिग्रस्त भएपछि रामेछाप र ओखलढुंगाका ३ वटा वडाका बासिन्दालाई समस्या भएको छ । यो पुलबाट दैनिक झण्डै २ सय जनाले आवातजावत गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...