कहिले बन्ला त काठमाडौंका सय किलोमिटर सडक ?

Ktm ka sadak

काठमाडौं । काठमाडौंं उपत्यकामा काम थालेर पनि क्षतिपूर्तीको बहानाले झण्डै एक सय किलोमिटर सडक बन्न सकेको छैन ।

सडक बनाउन सुरु गरेर पनि समयमा सडक नबन्दा सरकारलाई आर्थिक भार थपिने त छँदैछ, त्यो भन्दा बढी भार यात्रुले बेहोर्नु परिरहेको छ ।

सरकारले स्मार्ट सिटी बनाउने घोषणा गरेको काठमाडौंका धेरै जसो सडकको अवस्था कहाली लाग्दो छ । उत्तर पूर्व क्षेत्रमा प्रवेश गर्ने सडकका हिलो र खाडलले सवारी साधन चलाउन नसकिने अवस्थामा पुगेको छ ।

बाटो निर्माण सुरु गरेको लामो समय भइसक्दा पनि ठेकेदारको लापरवाहीले बाटो विस्तारले गति नलिदाँ स्थानीयहरु मारमा परेका छन् । घाम लागेपछि पूरै धुलाम्य र पानी परेपछि हिलाम्यै हुने भएकोले यात्रुहरुल लामो समयदेखि सास्ती व्यहोर्नुपरेको छ ।

चाबहिल, जोरपाटी हुँदै साँखुसम्मको सडकको अवस्था हेर्ने हो भने स्मार्ट सिटि प्रबेश गर्ने सडक निर्माण कम्पनी र स्थानीय निकायको लापर्वाहीले हिड्न नसकिने अबस्थामा पुगेको छ । हायत होटलदेखि साँघुसम्मको १० किलोमिटर दुरी पार गर्न झण्डैव २ घण्टा लाग्छ ।

अहिलेसम्म काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा ४ सय किमि सडक विस्तार गरिसकेको छ । सडक विस्तारविरुद्ध परेको मुद्दामो घर भत्काउँदा जग्गाको समेत क्षतिपूर्ति दिनुपर्ने असार १४ मा सर्वोच्च अदालतल फैसाला गरेपछि तत्काल उपत्याभित्रका सडक नबने देखिएको छ ।

सडक बनाउन थालेर त्यतिकै छोड्दा काठमाडौंका सडकहरु हिलाम्यै बनेका छन् । नागरिकले सडककै कारण सधैं सास्ती खोपिरहनु परेको छ । ठूला र अति व्यस्त मानिएका कलंकी–थानकोट सडक खण्ड र चावहिल– जारपाटी–साँखु सडक खण्डमा यात्रा गर्न सक्ने अवस्था छैन ।

स्थानीयले सरकारलाइृ बाटोको बारेमा ध्यानाकर्षण नगराएका पनि होइनन्, सडकमा रोपाई गरेर पनि सरकारको ध्यानाकर्षण गराएका छन् । तर, सरकारले भने त्यसलाई वेवास्था गर्दै आएको छ ।

काठमाडौंं उपत्यकामा रोकिएको एक सय किलोमिटर सडकको क्षतिपूर्ति मात्रै ५१ अर्ब रुपैयाँ छ । यो हिसाबले काठमाडौंको एक किलोमिटर सडकमा ६९ करोड रुपैयाँ खर्च हुने देखिन्छ ।

निर्माण रोकिएका एक सय किमि सडकका लागि मात्रै ५१ अर्ब क्षतिपूर्ति दिनु पर्ने अवस्था सर्वोच्च अदालतको पछिल्लो फैसलाले निम्त्याएको छ । चालू आवका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काउन एक अर्ब ३० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । असार पहिलो साता ७७ करोड रुपैयाँ निकासा भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...