प्रहरीको तालिम केन्द्र बनाइदिन भारतीय राजदुतलाई गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग नेपाल प्रहरीको तालिम केन्द्र छिटो बनाइदिन आग्रह गरेका छन् ।
गृहमन्त्रालयमा बिहिबार भएको भेटमा गृहमन्त्री थापाले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदुतसँग आग्रह गरेका हुन् ।
जवाफमा राजदुत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए। राजदुत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफुले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढीसकेको जानकारी दिए ।
सो भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।
यस्तै खुला सिमको फाईदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागुपदार्थको ओसार पसार लगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराध विरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
प्रतिकृया दिनुहोस