गृहमन्त्रीलाई सांसदको कटाक्ष ‘यो जनयुद्धकाल होइन’

Umesha kumar

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ट्रमा सेन्टरका डाक्टर भोजराज अधिकारीलाई अपहरणको शैलीमा उठाएर आतंकित पारेको भन्दै सांसद अमरेशकुमार सिंहले आपत्ति प्रकट गरेका छन् ।

विहिबार संसद बैठकको सुन्य समयमा बेल्दै नेपाली कांग्रेसका सांसद सिंहले मंगलबार ट्रमा सेन्टरका डाक्टर अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपहरणको शैलीमा उठाईएको भन्दै आपत्ती जनाएका हुन् ।

उनले भने, ‘सायद गृहमन्त्रीले विर्सनुभयो । होला यो सरकार हो, यो जनयुद्ध काल होइन, विभिन्न व्यक्तिलाई अपहरणको शैलीमा अपहरण गर्ने, आतंकित पार्ने ?’

उनले सरकारका एक पछि अर्को व्यवहारले जनतालाई आतंकित पार्ने काम गरेको भन्दै तानाशाही शैली बन्द गर्न सरकारलाई चेतावनीसमेत दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...