प्रसाईको ओली र प्रचण्डलाई प्रश्न, हामी कसरी मेडिकल माफिया भयौं ?
काठमाडौं । प्रचण्ड र केपी ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले आफुलाई मेडिकल माफिया भनिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको कार्यक्रममा प्रसाईले मेडिकल सञ्चालकलाई माफिया भनेकोमा आक्रोस जनाएका छन् ।
प्रसाईंले झापामा रहेको बिएण्डसी टिचिङ्ग अस्पताललाई सम्बन्धन दिन सरकारसँग माग पनि गरेका छन् । भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भईसकेकाले अस्पताललाई सम्बन्धन दिन ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।
बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो समेत गरे ।
प्रसाईंले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूलाई उनले सरकारसँग अनुमति लिएरै आफूले अस्पताल संचालनमा ल्याएपनि त्यसलाई सम्बन्धन अझै नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
संचालक प्रसाईंले २०६८ साल पुस १४ गते तत्कालीन सरकारले आफूलाई बोलाएरै कलेज संचालनका लागि अनुमति दिएको दावी समेत गरे। उनले करोडौैंको लगानी गरेर स्थापना गरिएको कलेजलाई सम्बन्धन नदिने षडयन्त्र गरिएको भन्दै आपत्ति पनि जनाए ।
प्रतिकृया दिनुहोस