पानीमा डुबेर १ बालकको मृत्यु
नुवाकोट । विदुर नगरपालिका-५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर बिहिबार २ वर्षीय बालकको मृत्यु भएको छ ।
राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस