२ तिहाई बहुमतले पारित गर्दै प्रदेश ४ को नाम गण्डकी राखियो
काठमाडौं । प्रदेश नं ४ को नाम के राख्ने भन्नेमा मतभेद भईरहेको बेला अन्तत नाम टुङगिएको छ ।
प्रदेशसभाले २ तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ । प्रस्तावको पक्षमा ५४ मत परेको छ भने विपक्षीमा २ मत खसेको बताईएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।
प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका गरे ।
प्रतिकृया दिनुहोस